ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण खाणको निवेदनमा बहस सकियो, आदेश आउन बाँकी


एबीसी न्यूज

काठमाडौं, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दाको निर्णायक सुनुवाइ उच्च अदालत पाटनमा सकिएको छ।

खाणका कानुन व्यवसायी र सरकारी वकिलहरू दुवै पक्षको बहस सकिएपछि अब न्यायाधीश कृष्णराम कोइरालाको इजलासबाट उक्त मुद्दाको निर्णय आउन बाँकी छ।

पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा दुईजना न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो।

त्यसपछि बिहीबारका लागि तोकिएको सुनुवाइबाट खाण थुनामै रहने वा धरौटीमा छुट्ने टुंगो लगाउन लागिएको हो।

सुनुवाइका क्रममा खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरिसकेका छन्।

त्यसैगरी अधिवक्ताहरू प्रेमबहादुर खड्का गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालले पनि बहस गरे।

त्यसपछि उच्च सरकारी वकिलहरूले बहस गरेका छन्। सरकारी वकिलहरू महेश खत्री र शंकर खत्रीले बहस सकिसकेपछि खाँणका कानुन व्यवसायीले जवाफी बहस सकेका हुन्।

बहसका क्रममा खाणका कानुन व्यवसायीहरूले यसअघि न्यायाधीश पाण्डेको आदेश सदर गरी थुनामुक्त गर्न माग गरेका थिए।

उता दुईजना सरकारी वकिलहरूले खाणलाई थुनामै पठाउने गरी दिएको न्यायाधीश खरेलको आदेशलाई सदर गर्नुपर्ने जिकिर गरे।

त्यसपछि खाणको पक्षमा जवाफी बहस गरेका पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाँतीले थुनामुक्त गर्नुपर्ने जिकिर गरे।

उनले खाणलाई थुनामा पठाउँदा उनको राजनीतिक करिअर सकिने बताउँदै बरु मुद्दाको अन्तिम छिनोफानो हुँदा दोषी ठहरिए बमोजिम गर्नुपर्ने तर्क गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com