काठमाडौं, २८ मंसिर । घरजग्गा कारोबारमा ऋण बढ्दा अटो मोबाइल्समा घटेको छ। असारदेखि कात्तिकसम्म रियल स्टेट कर्जा ४ प्रतिशतले बढ्दा हायर पर्चेज कर्जा १९।१ प्रतिशतले घटेको हो।
दशैँ तिहारको समयमा गाडीको बिक्री बढे पनि अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह घटेको छ। बैंकहरुले घरजग्गा र अटोलोनमा सहज बनाए पनि गाडी कर्जा विस्तार रोकिएको छ।
असार अन्तिमसम्म १ खर्ब ५९ अर्ब ऋण प्रवाह भएकोमा कात्तिकमा आइपुग्दा १ खर्ब २८ अर्बमा सीमित भएको छ। ४ महिनामा ३० अर्ब ४० करोड रुपैयाँले घटेको छ।
व्यावसायिक कर्जातर्फ १ खर्ब २२ अर्ब रहेकोमा ९३ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ। व्यक्तिगत कर्जातर्फ साउनमा ३६ अर्ब ७१ करोड ऋण रहेकोमा कात्तिकमा घटेर ३५ अर्ब ५६ करोड रुपैयाँ प्रवाह भएको छ।
समग्र घरजग्गामा ऋण प्रवाह बढाए पनि व्यावसायिक भवन निर्माणमा कमी आउँदा घटेको छ। २ करोडसम्मको व्यक्तिगत घरकर्जा साउनमा ३ खर्ब ४८ अर्ब रुपैयाँ प्रवाह भएकोमा कात्तिकमा आउँदा ३ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। ४ महिनामा २८ अर्ब ४६ करोड रुपैयाँ बढेको छ।
साउनसम्म जग्गा र व्यावसायिक भवनमा २ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोमा कात्तिकका ४ अर्ब ६८ करोडले घटेको छ। कात्तिकसम्म २ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८०र८१ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५।९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ६।५ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४।४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १।१ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३।७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २।५ प्रतिशतले बढेको जनाएको छ। कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०।९ प्रतिशतले घटेको छ।
प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८।७ प्रतिशतले, नगद प्रवाह कर्जा १३।९ प्रतिशतले, ट्रष्ट रिसिट ९आयात० कर्जा १८।४ प्रतिशतले, रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जासमेत० ४।० प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ६।४ प्रतिशतले बढेको छ।
अधिविकर्ष कर्जा ४०।३ प्रतिशतले ९पछिल्लो वर्षको कर्जाको पुनः वर्गीकरणको कारणसमेत० र हायर पर्चेज कर्जा १९।१ प्रतिशतले घटेको छ।








प्रतिक्रिया दिनुहोस्