ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले जित्यो महिला नेत्रहीन क्रिकेट सिरिज, नेपाल ८ विकेटले पराजित


एबीसी न्यूज
मंसिर २८, २०८० बिहीबार  ३ : २४ बजे

काठमाडौं, २८ मंसिर ।    घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन टी(२० क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ ।

मुम्बईमा भइरहेको सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारतले ३(१ को अग्रतासहित सिरिज आफ्नो बनाएको हो ।

यसअघि सुरुवाती दुई खेल भारतले जितेको थियो भने तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पार्दै सिरिजमा फर्केको थियो ।   तर चौथो खेलमा घरेलु टोली भारतले पुनरागमन गर्दै सहज जित निकाल्यो ।

 

नेपालले दिएको १६६ रनको लक्ष्य भारतले १० बल अगावै ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतका लागि ओपनर शुष्मा पटेलले सर्वाधिक ४५ रन बनाइन् ।

शान्ति हान्दाले ३७ र राभान्नीले ३० रन जोडिन् । सिमु दासले अविजित ३० रन योगदान गरिन् ।  नेपालका लागि मुना अर्याल र प्रतिभा राईले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा घरेलु टोली भारतले टस जित्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

जसमा नेपालले निर्धारित २० ओभर खेल्दै बिनिता पुनको अर्धशतकमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

कप्तानी समेत गरेकी बिनिताले सर्वाधिक ६९ रन बनाइन् ।   मनकेसी चौधरीले ३३, सृजना परियारले २४ र सरिता घिमिरेले १२ रन जोडे ।

मुना अर्याल खाता नै नखोली र निशा डगौरा ८ रनमा आउट भए । इशारा माया लुंगेलीले अविजित ६ रन बनाइन् ।

भारतका लागि पुला सरेनले २ तथा झिली बिरुअले १ विकेट लिए ।   अब नेपाल र भारतबीच सिरिजको पाँचौ तथा अन्तिम खेल बिहीबार हुनेछ ।

पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

सम्बन्धित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com