काठमाडौं, २८ मंसिर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरस्थित संविधान चोक क्षेत्रमा निशेधाज्ञा जारी गरेको छ ।
भीमदत्त नगरपालिका–४ स्थित संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक राख्ने विषयमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै बिहीबारदेखि एक सातासम्म निशेधाज्ञा जारी गरेको हो ।
कार्यालयले जारी गरेको विज्ञप्तिअुनसार संविधान चोकबाट पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र संविधान चोकदेखि पश्चिममा मदनभण्डारीको सालिकसम्मको क्षेत्रलाई निशेधाज्ञा क्षेत्र तोकिएको हो ।
संविधान चोकका राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा महेन्द्रको सालिक राख्ने भन्दै आजको मिति तोकेका थिए ।









प्रतिक्रिया दिनुहोस्