ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाइडेन- गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाउँदैछ


एबीसी न्यूज

काठमाडौं, २७ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार एउटा फण्ड रेजिङ कार्यक्रममा बोल्दै उनले इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध आक्रमणको आलोचना गरेका हुन् ।

इजरायल(प्यालेस्टाइन युद्ध सुरुभएपछि पहिलोपटक अमेरिकाले इजरायलबारे कडा टिप्पणी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले खबर लेखेका छन् ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि अमेरिकाले इजरायललाई खुलेर समर्थन गर्दै आएको छ ।

बाइडेनले अमेरिका सधैं इजरायलको साथमा रहेको स्मरण गराउँदै भने, ‘अमेरिका इजरायलको साथमा उभिएको छ, अहिले यसमा अमेरिकाबाहेक युरोपेली युनियन, युरोप, विश्वका धेरैजसो शक्ति छन् तर अन्धाधुन्ध बमबारीका कारण इजरायलले समर्थन गुमाउँदैछ।’

यद्यपि उनले हमास विरुद्ध कारबाही गर्ने आवश्यकताको बारेमा कुनै प्रश्न नरहेको र इजरायलसँग त्यसो गर्ने पूर्ण अधिकार रहेको भने दोहोर्‍याए ।

हालै अमेरिकाले इजरायललाई ‘मानव जीवनलाई प्राथमिकता दिन’ र गाजाका जनतालाई द्वन्द्वबाट बच्न स्पष्ट निर्देशन दिएर काम गर्न भनेको थियो ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले पनि इजरायलको रवैयाप्रति असन्तुष्टि व्यक्त गरेका बीबीसीले लेखेको छ ।

गाजामा इजरायलले गरेको बमबारीको आलोचना गर्दै विश्वका धेरै देश, संयुक्त राष्ट्र संघ र मानवअधिकार संगठनहरूले तत्काल युद्धविरामको माग गरिरहेका छन्।

गाजामा रहेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलबार बताएअनुसार अक्टोबर ७ देखि इजरायली बमबारीमा १८ हजार ४०० भन्दा बढी मानिस मारिएका छन्।

हमासको आक्रमणमा १२०० इजरायली मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com