ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाल सागरबाट जहाज इजरायल गए आक्रमण गर्ने हुथीको चेतावनी


एबीसी न्यूज

काठमाडौं, २७ मंसिर ।  यमनको सिया इस्लामवादी राजनीतिक एवं सैन्य संगठन हुथीले पानी जहाजहरू इजरायलतर्फ गए आक्रमण गर्ने चेतावनी दिएको छ ।

हुथीका एक वरिष्ठ अधिकारीले लाल सागर ९रेड सी० हुँदै यात्रा गर्ने जहाजहरूलाई इजरायल र त्यसले कब्जा गरेको क्षेत्रतर्फ यात्रा नगर्न चेतावनी दिएका हुन् ।

यमनको हुथी सर्वोच्च क्रान्तिकारी समितिका प्रमुख मोहम्मद अली अल हुथीले जहाज इजरायलतर्फ जानबाट रोकिनुपर्ने र यमन पार हुँदै जाने जहाजले रेडियो खुला राखी तुरुन्त हुथीसँग सञ्चार गर्नुपर्ने बताएका छन् ।

उनले आफ्नो पहिचान झुटो बताउने वा जुन देशको हो त्यो भन्दा फरक देशको झन्डा नराख्न पनि चेतावनी दिएका छन् ।

गाजामा इजरायलले गरिरहेको आक्रमणको चपेटामा परेका प्यालेस्टिनीसँग ऐक्यबद्धता व्यक्त गर्दै हुथीले इजरायल जाने जुनसुकै देशको जहाजलाई निशाना बनाउने चेतावनी दिएका छन् । यस्तै हुथीले अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूलाई इजरायली बन्दरगाहसँग काम नगर्न भनेको छ ।

मंगलबार मात्रै हुथीले एक नर्वेजियन कर्मसियल ट्यांकरमा मिसाइल हानेको बताएको छ । आइतबार हुथीले बेलायती स्वामित्वमा रहेको जापानबाट सञ्चालित एक कार्गो जहाज अपहरण गरेको भिडियो सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com