ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणले पठायो अस्थायी आवास बनाउन एक अर्ब ४१ करोड


एबीसी न्यूज

काठमाडौं, २६ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण सुरु गर्न अनुदान स्वरुप एक अर्ब ४१ करोड रुपैयाँ पठाएको छ ।

उक्त रकम मंसिर २५ गतेसम्म पठाइएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु गर्न पहिलो किस्ताका लागि उक्त रकम अनुदान स्वरुप पठाइएको हो ।

प्राधिकरणले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम जिल्लामा पठाएको हो ।

प्राधिकरणका अनुसार जाजरकोट र रुकुम पश्चिममा ५०र५० करोड रुपैयाँ, सल्यानमा दुई करोड रुपैयाँ, बाजुरामा १४ करोड रुपैयाँ र बझाङमा २५ करोड रुपैयाँ पठाइएको छ ।

प्राधिकरणले पठाएको रकममध्ये जिल्लाले हालसम्म स्थानीय तहलाई एक अर्ब तीन करोड ५१ लाख ५० हजार रुपैयाँ निकासा गरेको छ ।

जाजरकोटले ४६ करोड ४३ लाख रुपैयाँ, रुकुम पश्चिमले ४३ करोड ५८ लाख ५० हजार रुपैयाँ, सल्यानले एक करोड ८० लाख रुपैयाँ, बाजुराले तीन करोड २० लाख ५० हजार रुपैयाँ र बझाङले आठ करोड ४९ लाख ५० हजार रुपैयाँ स्थानीय तहको नाममा निकासा गरेको छ ।

जिल्लाले निकासा गरेको रकममध्ये स्थानीय तहबाट हालसम्म भूकम्पपीडितलाई १५ करोड ५१ लाख ५० हजार रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जाजरकोटका भूकम्पपीडितले एक करोड तीन लाख रुपैयाँ, रुकुम पश्चिमले १३ करोड आठ लाख ७५ हजार रुपैयाँ र सल्यानले एक करोड ३९ लाख ७५ हजार रुपैयाँ अस्थायी आवास बनाउन अनुदान स्वरुप पाइसकेका छन् ।

स्थानीय तहबाट हालसम्म ५१ हजार ८६३ लाभग्राही कायम भएको प्राधिकरणले जानकारी दिएको छ । कायम भएका लाभग्राहीमध्ये ६ हजार ५१२ सँग अस्थायी अनुदान वितरणसम्बन्धी सम्झौता भएको छ ।

भूकम्पपीडितको संख्या लाभग्राही ठूलो भएका कारण प्राधिकरणले पठाएको रकमले नपुग्ने जनाउँदै सम्बन्धित जिल्लाले अस्थायी आवास निर्माणको लागि थप रकम मागेका छन् ।

अस्थायी आवास निर्माणको लागि चार जिल्लाले दुई अर्ब ६० करोड ५० लाख रुपैयाँ थप रकम मागेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जाजरकोटले एक अर्ब ५० करोड, रुकुम पश्चिमले एक अर्ब दुई करोड रुपैयाँ, सल्यानले आठ करोड रुपैयाँ र बाजुराले ५० लाख रुपैयाँ थप रकम मागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com