ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केसीको घरमा शेखर–गगन संवाद तय भयो भोलिका लागि बैठक


एबीसी न्यूज

काठमाडौं, २६ मंसिर ।  केही महिनाको ‘ग्याप’पश्चात् नेपाली कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाए । मंसिर २६ गते मंगलबारका लागि काठमाडौंको अनुपम फूडल्यान्डमा समूहको बैठक बोलाइयो । तर, बैठक बस्ने समाचार सञ्चारमाध्यममा आएसँगै विवाद जस्तै देखियो ।

खासमा शेखरले बैठक बोलाउँदा महामन्त्री गगनकुमार थापासँग सल्लाह नभएको कुरा बाहिर आयो । मंसिर २६ गतेका लागि कार्यक्रम तय भइसकेको अवस्थामा थापा बैठकमा नजाने विषय बाहिर आए । यो घटनाले शेखर समूहमा एकरूपता नभएको चर्चा बाहिरियो ।

शेखरले सल्लाह नगरी बैठक बोलाएको समूहका नेताहरूले बताए । तर, शेखर निकट एक नेता एकलौटी सल्लाहबिनै बैठक बोलाइएको भन्ने कुरा ठाडै अस्वीकार गर्छन् ।

“हामीले बोलाउन उहाँलाई फोन गरेको हो । शेखर दाइले फोन गर्दा गगन दाइको अफ थियो । दिनेशजीले फोन गर्दा फोन उठेन । उहाँको सचिवालयमा खबर गर्दा यता खबर गरेर फोन गर्छु भन्नुभयो । तर, फोन आएन,” ती केन्द्रीय नेताले भने ।

यो घटनापछि कांग्रेस वृत्तमा शेखर–गगन सम्बन्धलाई लिएर बहस भए । त्यसपश्चात् केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संवाद अघि बढाए ।

“गगनजीसँग सल्लाह नभइ समय तय भएको रहेछ । गगनजीको आजको कार्यक्रम तय भएको रहेछ । भोलि भए गगनजीले समय निकाल्छु भन्नुभयो,” केन्द्रीय सदस्य मधु आचार्यले भने, “हिजो साँझ अर्जुननरसिंह केसी दाइले दुई, तीन घण्टा राखेर संवाद गराउनुभएको हो ।”

केसीको घरमा संवाद स् तिक्ततामा अरू खेल्छन्, मिल्नुको विकल्प छैन
बैठकमा समूहका नेता शेखर कोइराला र समूहबाट महामन्त्री जितेका गगन थापासहितको टिम एकताबद्ध भएर अघि नबढे समूह कमजोर हुने विषयमा छलफल भएको थियो ।

बैठकमा नेता अर्जुनरसिंह केसीले दुई बीचमा तिक्तता र असहमति जसरी भएपनि अहिले बाहिर आउन नहुनेमा जोड दिएका थिए । केसीकै घरमा बसेको बैठकमा मिलेर अघि बढ्ने सहमति भएको थियो । आफूहरू मिलेर अघि बढने अरुलाई फाइदा पुग्नेमा समूह निष्कर्षमा पुगेको केसी बताउँछन् ।

सोहीकारण आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सारिएको उनको भनाइ छ । भोलिको बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा दिउँसो १ बजे बस्ने केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com