काठमाडौ २६ मंसिर । पूर्वमन्त्री गोपाल किराँतीसहित १० जना पक्राउ परेका छन् । खोटाङको हलेसीबाट नेता किराँतीसहित अभियन्ता पक्राउ परेका प्रहरीले जनाएको छ । आज मङ्गलवार नेकपा एमालेको सङ्कल्प यात्रामा अवरोध गर्ने तयारीमा रहेका उनीहरू पक्राउ परेका हुन् ।
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजीराजेशनाथ बास्तोलाले नेता किराँतीसहित १० जना पक्राउ परेका जानकारी दिए। तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखेपछि असन्तुष्ट पहिचानवादी सङ्घ–संस्थाले पुनः नामकरणको माग राख्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्