काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनादेखि प्यालेस्टाइनस्थित हमास विद्रोही समूहको कब्जामा रहेका नेपाली युवक विपिन जोशीलाई छुटाएर ल्याउने अन्तिम प्रयास भइरहेको बताएका छन्।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रचण्डले यस्तो भनेका हुन्।
‘प्यालेस्टाइनस्थित हमास समूहको कब्जामा रहेका भनिएका विपिन जोशीलाई फिर्ता ल्याउने अन्तिम प्रयासमा सरकार छ’, उनले पत्रकारहरूसँग भने।
उनले रुसी सेनाको तर्फबाट लडाइँमा जाँदा युक्रेनी सेनाको कब्जामा नेपाली परेका कुरा बाहिर आइरहेका पनि बताएका छन्। दाहालले युक्रेनी सेनामा पनि नेपाली कार्यरत रहेको कुरा बताए।
उनले इजरायल र हमासको भिडन्तमा १० जना नेपालीको ज्यान गएको बताए। अहिले पनि एक जना वेपत्ता रहेको बताएका दाहालले उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियामा सरकार रहेको दाबी गरे।








प्रतिक्रिया दिनुहोस्