ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फरार कोइरीलाई खोज्दै मृतक असई पत्नी र छोरा काठमाण्डौमा


एबीसी न्यूज

काठमाडौं, २४ मंसिर । नेपालगन्ज–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटी, लखेटी निर्ममतापुर्वक हत्या गरेको ८ बर्ष वितेको छ ।
यो अवधीमा विकको हत्या हुदा ३ बर्षका छोरा सुबोध विक ११ बर्ष पुगेका छन । यसैमध्ये नियोजित ढंगले लाठी र जुत्ता बजारेर निर्मतापुर्वक हत्या गरेको आरोप लागेका मुख्य आरोपी लक्ष्मी महतो कोइरी महोत्तरी क्षेत्र न.१ वाट संघिय संसदमा निर्वाचित भएपनि  निलम्बनमा परेका छन ।

निलम्बनसगैँ पक्राउ पर्ने डरले फरार रहेका कोइरीलाई खोज्दै नेपालगन्जवाट थमनका छोरा र श्रीमती सोभा विक यतिवेला संघिय राजधानी आएर न्यायको याचना गरिरहेका छन । प्रमाणसहित ८ बर्ष अगाडि मृतक थमनका दाजु प्रेम विकले किटानी जाहेरी दिएका उनै कोइरीलाई खोज्दै श्रीमती सोभा र उन्का छोरा सुबोध न्याय नपाएपछि राजधानी आईपुगेका हुन ।

ञसंघिय राजधानी आएपछी न्याय पाईन्छ कि भनेर छोरालाई लिएर यहाँ आईपुगेको छु । थमनकी श्रीमती सोभाले भनिन । अहिले थमनका छोरा सुबोध घरी-घरी आमालाई वुवाको वारेमा सोध्ने गर्दछन । वुवाको फोटो हेर्दै टोलाउदै गर्ने सुबोध पछिल्लो समय समाचारमा आएका बिषयवस्तुले बाल मष्तिकमा गहिरो चोट पुगेको आमा सोभा वताउछिन ।२०७२ साल भदौ २५ गते आन्दोलनकारीलाई नियन्त्रण गर्ने क्रममा घाइते भएका थमनलाई उपचारको लागी एम्बुलेन्सवाट जनकपुर लैजाँदै गर्दा त्याहावाट निकालेर धानवारीमा लखेटेर कोइरीको नेतृत्वमा थमनको हत्या गरेको आरोप लागेको थियो ।

समाचारवाट यी विषयहरु थाहा पाएका सुबोधको नै आग्रहमा आमा सोभा संघिय राजधानी आईपुगेको वताउछिन ।छोराले निक्कै कर गरेपछी न्यायको खोजीमा काठमाण्डौ आईपुगेका छौ । सोभाले भनिन । संघिय राजधानी आएपछी न्याय पाईन्छ भन्ने उदेश्यले हारगुहार गर्न यहाँ आएका हौ ।

एम्बुलेन्सवाट थुतेपछी धानबारीमा लखेटेर मुक्का र लात्ती बजार्दै निर्मम ढंगले हत्या गरेको दृश्य देख्दा श्रीमती सोभा अहिलेपनी निक्कै दुखित हुन्छिन ।यही घटनाका कारणले सोभाले अहिलेपनी डिप्रेसनको औषधि खान छाडेकी छैनन । ञमन दरो बनाउन नै सक्दिन । छोरालाई हेरेर मन दरो बनाऔ भन्छु सक्दै सकेको छैन ।अझ श्रीमानलाई हत्या गर्ने मुख्य योजनाकार भनिएका कोइरीलाई उन्मुक्ति दिदा आमा सोभा मात्र हैनन उन्का छोरा सुबोध निक्कै दुखित छन ।हुन त राज्यले छोरालाई निस्शुल्क पठनपाठन गराईदिएको छ । वहाँको मासिक पैसा पनि मलाई आउँछ न्याय विनाको यो सवै फिक्का बनेको छ । सोभाले भनिन ।मृतक थमनका दाइ प्रेमले दिएको मुद्दामा २०७५ साउन २८ मा जिल्ला अदालत महोत्तरीले २८ जनामाथि मुद्दा दर्ता गरेको थियो।

तीमध्ये लक्ष्मी महतो कोइरीलाई तारेकमा रिहा गर्ने निर्णय गरेको थियो । तर साउन २८ मा जिल्ला अदालत महोत्तरीले गरेको आदेशमा त्रुटि भएको भन्दै सरकारी वकिल कार्यालय महोत्तरीले असोज ११ मा उच्च अदालत जनकपुरमा रिट दायर गरेको थियो। साधारण तारेखमा छुटेका अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित सरकारी वकिलले उच्च अदालतमा हालेको रिटमाथी सुनुवाई गर्दै फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरीले मंसिरको आम चुनाव महोत्तरी १ बाट जितेका थिए ।

७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सरिक हुन उनी नयाँबानेश्वरस्थित संसद भवन छिरेका थिए । त्यसपछि २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा कोइरी उपस्थित भएको संसदमा रेकर्ड छ ।

तीन पटकसम्म संसद भवन छिरेर निस्कँदा समेत नसमातिएका कोइरीलाई ६ माघ २०७९ मा गृह मन्त्रालयले पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, अझैसम्म उनी भेटिएका छैनन् । तर जानाजान हत्या गरेको दृश्य देखेका मृतक थमनका श्रीमती सोभा र छोरा सुबोध भने न्याय दिलाईदिन चौतर्फी याचना गरिरहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com