ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वयम्भु–मन्जुश्री यातायात प्रा.लीको अध्यक्षमा छिरिङ शेर्पा सर्वसम्मत


एबीसी न्यूज

काठमाडौं, २३ मंसिर ।  स्वयम्भु मञ्जुश्री यातायात प्रा.लि.को अध्यक्षमा पुन छिरिङ शेर्पा निर्वाचित भएका छन् । चितवनामा भएको ऐतिहासिक दोस्रो अधिवेशनबाट शेर्पालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै, संचालक सदस्यहरुमा क्रमश नीर कुमार मोक्तान, लाक्पा शेर्पा, शम्भु अधिकारी, भरत तिमिल्सिना,वसन्त भन्डारी, बलराम बराल,पासाङ्ग तामङ्ग, ठुलाइ तामाङ्ग, बिष्णु बहादुर श्रेष्ठ, राम कृष्ण खडका र लेखा संयोजकमा नगेन्द्र पौडेल पनि सर्वसम्मत निर्वाचित भएका छन्। नेपालबाट भारतका विभिन्न स्थानमा मैत्री बस सेवा सञ्चालन गरिरहेको यातायात प्रालीको सबै टिम नै अघिल्लो कार्यकालको नै चयन भएको छ ।

स्वयम्भु–मन्जुश्रीले नेपाल–भारत मैत्री सेवा पनि सञ्चालन गरिरहेको छ । वि.स २०५६ सालदेखि काठमाडौंबाट दिल्ली यात्रु बस सञ्चालन गर्दै आएको कम्पनीले सन् २०१४ देखि सरकारी स्तरबाट समेत नेपाल–भारत नियमित मैत्री बससेवा उपलब्ध गराउँदै आएको छ । नेपाल भारत यात्रु मैत्री बस सेवा संचालनमा भारत सरकारको तर्फबाट उत्तर प्रदेश परिवहन निगम र विहार राज्य पथ परिवहन निगम सँग सौझता गरी सेवा संचालनरत छ। एक देशबाट अर्को देशमा जानु पर्दा यात्रुहरुलाई सिधा एउटै बसबाट सजिलै गन्तव्य सम्म पुग्न सकिने र बोर्डरमा सामान चढाउने, ओराल्ने झन्झट पनि मुक्त भएको अध्यक्ष शेर्पा बताउँछन् । स्वयम्भू मन्जुश्रीका बसहरु नेपालमा संचालन भैरहेका बसहरु भन्दा अलि फरक, लामा ठुला इएर सस्पेन्सन,सजिलो र ठुला सिटहरुसहित सुविधा सम्पन्न र आरमदायी छ।

स्वयम्भु–मन्जुश्रीले नेपाली यात्रुहरुलाई निरन्तर सुरक्षित र आरामदायी सेवा प्रवाह गर्दै आईरहेको छ । नेपाल–भारतमा सिधै आवाजजावत गर्नका लागि सहज वातावरण निर्माण गर्दै आईरहेको मञ्जुश्री यातायातले हाल काठमाडौदेखि भारतको दिल्ली, पटना बोधगया, वनारस र जनकपुरदेखि पटना बोधगयामा सिधै बससेवा सञ्चालन गरिरहेको छ । आगामी दिनमा भारतका अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेर्पाले बताए । प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज सेवा दिने काममा आफूहरु निरन्तर लागि रहेको उनको स्वयम्भू मन्जुश्रीका लेखा सम्योजक नगेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com