काठमाडौं, २२ मंसिर । बिहीबार राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरण छानबिनका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले छानबिन समिति बनाएको छ।
प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा उक्त ६ सदस्यीय समिति बनाइएको हो। यो समितिलाई ५ दिनको कार्यादेश दिइएको छ।
समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेका छन्।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विशेष सुराकीको आधारमा करिब १४ किलो सुन बरामद गरेको थियो।
बिहीबार राति ११।४० बजे फ्लाई दुबईको उडान नं। एफजेड ५७३ बाट आएका राहदानी नं। पीए ०१४५४८८ भएका नेपाली नागरिक चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो।
काठमाडौं, २२ मंसिर । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखसहितको टोलीले विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा गोरखाका घलेलाई नियन्त्रणमा लिई खानतलासी गरेको थियो।
त्यसक्रममा बिस्कुट आकारको ७ थान करिब १४ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
उक्त कार्यमा चन्द्र घले र गोरखा स्थायी ठेगाना भएका मीनबहादुर घले पनि संलग्न रहेको पाइएपछि पक्राउ गरेर भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ।
सुन जस्तो देखिने पहेँलो धातु परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रमुख भन्सार प्रशासक डा। टोकराज पाण्डेले बताएका छन्।










प्रतिक्रिया दिनुहोस्