काठमाडौं, २१ मंसिर । सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–१० घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुर्मान महतो रहेका छन् । सामाजिक सञ्जालमार्फत् महिलासँग चिनजान गरी भेटघाटको क्रममा लिइएका तस्वीर तथा श्रव्यदृश्य सम्पादन गरी मेसेजिङ एपमार्फत् पठाई चरित्रहत्या गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको छ । महतोलाई विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस्