काठमाडौं, २१ मंसिर । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा एक पुरुष कर्मचारीले महिला अधिकृतमाथि हातपात गरेका छन् ।
संसदका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारमाथि गालामा थप्पड हानेका हुन् । प्रतिवेदनमा आफ्नो नाम उल्लेख नगरेको आरोपमा गैरेले मंगलबार आफूमाथि झापड हानेको तण्डुकारले बताइन् ।आफूले गरेको काम बिगारेको भन्दै गैरेले झापड हानेको भन्दै तण्डुकारले कारबाहीको माग गर्दै संसदका पदाधिकारी समक्ष उजुरी दिएकी छन् । संसद सचिवालयका प्रवक्ता सह–सचिप एकराम गिरीले घटनाबारे जानकारी आएको र बुझ्ने काम भइरहेको बताए ।








प्रतिक्रिया दिनुहोस्