काठमाडौं, २१ मंसिर । संसदीय सुनुवाइ समितिले पोर्चुगलमा दूतावास स्थापना निर्णयबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ।
सरकारले कात्तिक २३ गते पोर्चुगलमा दूतावास स्थापना गरेर सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो।
एमालेका प्रमुख सचेत महेश बर्तौला र कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पोर्चुगलमा दूतावास खोल्ने निर्णयबारे प्रश्न उठाएको थियो।
मुलुकले आर्थिक संकट खेपिरहेको बेला दूतावास स्थापना गर्ने
आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले यसबारे छलफल गर्ने परराष्ट्र मन्त्री साउदलाई बोलाउने निर्णय गरेको हो।
समितिले भोलि दिउँसो २ बजे छलफल गर्नेगरी मन्त्री साउदलाई बोलाएको छ।








प्रतिक्रिया दिनुहोस्