काठमाडौं, २१ मंसिर । चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले एनसेलको भर्खरै भएको भनिएको ८० प्रतिशत सेयर खरिदबिक्रीबारे टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले पछिल्लो समय विवादित बनेको एनसेल सेयर किनबेचले नेपाली कम्पनीलाई स्वीकृति नदिनुको कारण खुलाएको बताएका हुन्।
उनले पछिल्लो प्रकरणले नेपाली जनतालाई टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्ने मौका दिएको टिप्पणी गरेका छन्।
‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन्। सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदै छ।’








प्रतिक्रिया दिनुहोस्