काठमाडौ २१ मंसिर । मूल्य अभिवृद्धि करको विरोध गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । आलु र सुकेको प्याजमा लगाएको भ्याट भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका हुन् ।
किसान र व्यवसायीले सरकारले स्वदेशी कृषि उपजमा समेत भ्याट लगाएको भन्दै काठमाण्डौ उपत्यकासहित देशभरका ठूला तरकारी बजारमा आलु र प्याजको आपूर्ति ठप्प पारेर बिक्री वितरणमा रोक लगाएका हुन्।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार केही दिनअघिदेखि नै आलु र प्याजको कारोबार कम हुँदै गएको थियो । हिजोदेखि भने ठप्प भएको हो ।
व्यापारीको विरोधका कारण काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आलु र प्याजको स्टल खाली हुन थालेका छन् । बजारमा आलु र प्याजको भाउ बढ्दो छ । तर, किसानले उचित मूल्य पाउन सकेका छैनन । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।








प्रतिक्रिया दिनुहोस्