ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीलाई न्यानो ड्रेस


एबीसी न्यूज

दैलेख , २० मंसिर । दैलेखको नारायण नगरपालिका वडा नं. ३ भूर्ति स्थित पञ्च देवल प्रा.वि.का विद्यार्थीहरूका लागि न्यानो ड्रेस प्राप्त भएको छ । नौमूले गाउँपालिका सल्लेरी निवासी हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्नुभएका मानेन्द्र चन्दले यहाँका विद्यार्थीहरूका लागि ८८ थान ड्रेस उपलब्ध गराएका हुन् । आफूले गरेको कामको केही अंश सामाजिक सेवा लगाउने उद्देश्यका साथ गरिब र विपन्न विद्यार्थीहरूलाई लामो समयदेखि सहयोग गर्दै आएका चन्दले दलित समुदायका विद्यार्थीहरू अध्ययन गर्ने उक्त विद्यालयमा सहयोग गरेका हुन् ।

विद्यार्थीहरूलाई सुट र ट्राउजर पठाएका उनको सामान एविसी टेलिभिजन काठमाडौँका सहसम्पादक कविराज बि.सी. र एविसी टेलिभिजनकै ब्युरो प्रमुख रवीन्द्र पौडेलले सामान बुझेर दैलेखका लागि पठाएका छन् । केन्द्रीय कार्यालय डिल्लीबजारबाट दैलेखि सेवा समाजका अध्यक्ष प्रताव शाहीले उत्त सामान हस्तान्तरण गरेका हुन् ।

सेवा समाजमार्फत विद्यार्थीहरूका लागि आवश्यक पर्ने विभिन्न सामानहरू लामो समयदेखि वितरण गर्दै आएको मानेन्द्र चन्दले जानकारी दिएका छन् । जन्मभूमि दैलेख भएकोले अतिरिक्त काम गरेको रकम दैलेखका विभिन्न विद्यालयमा सहयोग गर्दै आएका मानेन्द्र चन्दलाई धमाका दैनिकका सम्पादक विष्णु शर्माले सबै दलित समुदाय रहेको र यहाँका बालबालिकालाई चिसोमा समस्या भएको जानकारी गराएपछि उनले सहयोग गरेका थिए ।

दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही लामो समयदेखि समाज सेवामै आबद्ध छन् , जिल्लाका आम नागरिकहरूलाई परेका सवै खाले समस्या समाधानमा उनी रातदिन खट्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com