काठमाडौं, २० मंसिर । जनता समाजवादी पार्टी जसपाका प्रमुख सचेतक प्रदीप यादवले एनसेल कम मूल्यमा बिक्री गर्नुमा जालझेल रहेको बताएका छन् ।
आजको लेखा समिति बैठकमा उनले आजियटाले ‘कू’ प्रचार गरेको भन्दै सरकारले लगाम लगाउनुपर्ने बताए ।
“कम मूल्यमा बिक्री गर्दा जालझेल भएको छ । पाँच अर्ब खुद नाफा गरेको कम्पनी साढे ६ अर्बमा कसरी बिक्यो रु शंकास्पद छ,” उनले भने ।
उनले दूरसञ्चार प्राधिकरणलाई जानकारी नहुनु पनि शंकास्पद भएको बताए ।
“कारोबार आम्दानी नेपालमा गर्ने अनि बिक्री विदेशमा गर्ने रु सरकारको ध्यान कता छ रु स्माट सेल र एनसेलको सम्बन्ध के हो रु स्माटले नेपाललाई डुबाएको छ । दुवैको लगानीकर्ता एकै हो । सरकारले स्पष्ट पारोस्,” यादवले भने ।








प्रतिक्रिया दिनुहोस्