ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी राष्ट्रपतिलाई मस्को डाकेर साउदी अरब र यूएई भ्रमणमा निस्किए पुटिन


एबीसी न्यूज

काठमाडौं, २० मंसिर । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बुधवार साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएई को एक दिने औपचारिक भ्रमणमा निस्किएका छन्।

पुटिनको यो भ्रमणलाई अहम् मानिएको छ। २ वर्षअघि युक्रेनसँगको युद्ध सुरु गरेयता पुटिन विरलै विदेश यात्रामा निस्किएका छन्।

अमेरिकासहित पश्चिममा शक्तिको पकडबाट मध्यपूर्व गुमिरहेको चर्चाबीच आफ्ना महत्वपूर्ण व्यापारिक साझेदारलाई भेट्न पुटिन निस्किएका हुन्।

 

पुटिनको यो भ्रमण यस्तो समयमा हुँदैछ जुन बेला मध्यपूर्वमा जारी संघर्षबीच रुसले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने संकेत दिइसकेको छ।

समाचार एजेन्सीका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले यस भ्रमणबाट फर्किएपछि पुटिनले इरानी राष्ट्रपतिसँग पनि वार्ता गर्दैछन्।

रूसी राष्ट्रपतिको यस भ्रमणलाई तेल उत्पादक देशहरूसँग अहम रणनीतिक साझेदारी बढाउने कोसिसका रुपमा हेरिएको छ।

ब्लुमबर्गले जनाएअनुसार पुटिन आफ्नो यस यात्राका क्रममा ब्यापार र लगानीका साथै इजरायल(प्यालेस्टाइन युद्धबारे पनि कुरा गर्ने तयारीमा छन्।

मध्यपूर्वबाट फर्किएपछि पुटिनले मस्कोमा इरानका राष्ट्रपति इब्राहिम रईसीलाई स्वागत गर्नेछन्। रईसी पुटिनको निम्तोमा रसिया पुग्ने क्रममा छन्।

रूसका राष्ट्रपतिले यसै वर्ष मार्चमा इन्टरनेशनल क्रिमिनल कोर्ट ९आईसीसी० ले पक्राउ पुर्जी जारी गरेयता कुनै पनि देशको भ्रमण गरेका छैनन्।

यूएई र साउदी अरब दुवै आईसीसीको सन्धिमा हस्ताक्षर नगरेका देश हुन्। यसको अर्थ के हो भने पुटिनलाई यी दुई देशमा जाँदा गिरफ्तारीको कुनै जोखिम छैन।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com