ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका अधिकांश स्थानमा प्रदूषणको मात्रा १०० एक्यूआईभन्दा बढी


एबीसी न्यूज

काठमाडौं, २० मंसिर । जाडो यामसँगै काठमाडौं र अन्य ठूला सहरमा वायु प्रदूषण बढेको छ । काठमाडौंका अधिकांश स्थानमा प्रदूषणको मात्रा एक सय एक्यूआई वायुको गुणस्तर सूचकांक०भन्दा माथि पुगेको छ ।

वातावरण विभागको वायु प्रदूषण सूचक यन्त्रमा बुधबार सबैभन्दा प्रदूषित सहर हेटौंडा देखिएको छ । हेटौंडामा प्रदूषणको मात्रा १५१ एक्यूआई पुगेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाका शंखपार्क, कीर्तिपुर, रत्नपार्क, खुमलटार, पुलचोकलगायत स्थानमा प्रदूषणको मात्रा १०५ देखि ११९ एक्यूआईसम्म पुगेको थियो ।

अपराह्न १२ बजे रेकर्ड भएको तथ्यांक अनुसार पुलचोकमा १०७ एक्यूआई छ । त्यस्तै शंखपार्कमा ९६, कीर्तिपुरमा ९२, रत्नपार्कमा ८६ र खुमलटारमा ७९ एक्यूआई रेकर्ड भएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भने एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने संगठनले जनाएको छ ।

एक्यूआई एयर क्वालिटी इन्डेक्स० मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २।५ जाँचिन्छ । पीएम २।५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २।५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने वायु प्रदुषण विज्ञ भुषण तुलाधार बताउँछन् ।

यदि, काठमाडौंको वायु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुने हो भने औसत आयु ४।६ वर्षले बढ्ने तुलाधारको भनाइ छ । वायुको गुणस्तर ३० प्रतिशत मात्रै सुधार गर्ने हो भने पनि १।२ वर्ष आयु बढ्न सक्ने उनी बताउँछन् ।

जाडोमा प्रदूषण किन बढी ?
वर्षा याममा काठमाडौंका विभिन्न स्थानमा प्रदूषणको मात्रा २० एक्यूआईभन्दा कम मापन भएको वातावरण विभागको रेकर्ड छ । विभागका अनुसार डढेलो लाग्ने मौसममा देशभरको वातावरण अधिक्तम प्रदूषित हुन्छ । गतवर्ष चैत महिनामा काठमाडौंमा वायु प्रदूषणको मात्रा २२२ देखि २७५ एक्युआईसम्म मापन भएको थियो ।

जाडोयाममा हावा बढी नचल्ने कारणले पनि वायु प्रदूषण बढ्ने विज्ञहरू बताउँछन् । प्रदूषण गराउने तत्वहरू चिसोका कारण माथिल्लो वायुमण्डलसम्म जान नसक्ने र तलै घुमिरहने भएकाले पनि डिसेम्बरदेखि केही महिना प्रदूषण बढ्ने वातावरण विभागका उप महानिर्देशक तारादत्त भट्ट बताउँछन् ।

मौसमको जस्तो पूर्वानुमान प्रणाली नभएका कारण कहिलेसम्म प्रदूषण बढ्छ वा कतिसम्म पुग्न सक्छ भनेर आंकलन गर्न नसकिने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com