ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटहरी यातायात कार्यालयको ६१ करोड राजस्व हिनामिना गर्ने पाँचजना पक्राउ


एबीसी न्यूज

काठमाडौं, १९ मंसिर । यातायात व्यवस्था कार्यालय इटहरीको ६१ करोड रुपैयाँभन्दा बढी राजस्व रकम हिनामिना गरी फरार रहेका अभियुक्तमध्ये पाँचजना पक्राउ परेका छन् । यो मुद्दामा विशेष अदालतले नौजनालाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतको ०७९ साल चैत ८ गतेको फैसलाबाट भ्रष्टाचार राजस्व रकम हिनामिना कसुरमा उनीहरू दोषी ठहर भएका थिए । फरार प्रतिवादीलाई प्रहरीले सोमबार हिजो पक्राउ गरेको हो । उनीहरूलाई अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेका टीकाराम अधिकारीलाई मोरङ जिल्ला अदालतले राजस्व रकम हिनामिना कसुरमा नौ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना गरेको थियो ।

यस्तै, देवराज नेपाललाई आठ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना गरिएको थियो । नयराज नेपाललाई आठ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना गरिएको थियो ।

मणिराज दाहाललाई सात वर्ष ११ महिना २३ दिन कैद र चार करोड ३४ लाख पाँच हजार ५९४ रुपैयाँ जरिवाना गरिएको थियो । कुमारबहादुर कटुवाललाई ६ वर्ष कैद र एक करोड एक लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना गरिएको थियो ।

विशेष अदालतले राजस्व हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन उपसचिवहरू विष्णुप्रसाद पौडेल, नयराज नेपाल, रमेशप्रसाद दाहाल र होमनाथ भट्टराईलाई कैद सजाय तोकेको थियो । कार्यालयका लेखा अधिकृतहरू कुमार कटवाल र टीकाराम अधिकारी पनि दोषी ठहर भएका थिए ।

यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा दायर गरेको थियो । ०७३र७४ को फागुन मसान्तसम्मको राजस्वबापतको रकम ६१ करोड २१ लाख २८ हजार रुपैयाँभन्दा बढी हिनामिना भएको पुष्टि भएको थियो ।

यो हिनामिनामा तत्कालीन लेखा अधिकृत सुरेश अधिकारी, लेखापालहरू देवराज नेपाल र रुद्रप्रसाद दाहाल पनि संलग्न भएको अदालतको ठहर थियो ।

यातायात कार्यालय इटहरीमै आर्थिक वर्ष ०६९र७० देखि ०७०र७१ सम्म गरिएको अर्को अनियमितता सम्बन्धमा छुट्टै मुद्दा दायर गरिएको थियो । त्यसमा होमनाथ भट्टराई र विष्णुप्रसाद पौडेल दोषी ठहर भएका थिए । तत्कालीन सहलेखापाल टंकबहादुर खड्कालाई अदालतले लेखा अधिकृत अधिकारीसरह कैद, बिगो र जरिवाना तोकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com