काठमाडौं, १५ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट छनोट गरिने भएको छ ।
नियामक निकाय प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।
“नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम पाँच ९२० बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा ९ग्राउन्ड ह्यान्डलिङ सर्भिस० प्रतिस्पर्धाको माध्यमबाट छनौट भएको संस्थामार्फत गराउने निर्णय भएको छ,” प्राधिकरणले एक सूचनामार्फत उल्लेख गरेको छ ।
हाल विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा बिनाप्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आइरहेको छ ।
निगमले हाल त्रिभुवन विमानस्थलसहित भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।








प्रतिक्रिया दिनुहोस्