काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले नियमविपरीत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।बैंकहरूले नियमविपरीत ब्याज लिएको स्टेटमेन्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउँछौँ,उनले भने ।
राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियमबापतको चार अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गराएको उल्लेख गरे ।
उनले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरूलाई आग्रह गरे । व्यवसायीले बैंकले १६र१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे ।
गभर्नर अधिकारीले व्यवसायीहरूले बैंकहरूले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रूपमा अराजकता फैलाउनेहरूका लागि प्रोत्साहन मिल्ने बताए ।
ठूला व्यवसायीहरूले बैंकहरूबाट लिएको कर्जाको ६ देखि आठ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गरे ।








प्रतिक्रिया दिनुहोस्