काठमाडौं, १४ मंसिर। नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदनको बहस सकिएको छ । आज जवाफी बहस सकिएसँगै प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले भोलि आदेश आउने बताएका छन् ।
काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने हिजो सकिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीले पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्