ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्लाइट सारेको विषयमा सबै यात्रुलाई खबर गरिएको नेपाल एयरलाइन्सको दाबी


एबीसी न्यूज

काठमाडौं, १४ मंसिर । नेपाल एयरलाइन्सले फ्लाइट सारेको विषयमा सबै यात्रुलाई खबर गरिएको दाबी गरेको छ । उडान तालिका परिवर्तन हुँदा ३१ यात्रु छुटेको विषयमा एयरलाइन्सले सबै यात्रुलाई खबर गरिएको दाबी गरेको हो ।

बुधबार राति ११ः३० को फ्लाइट ९ः३० बजे हुँदा ३१ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेका थिए । उडान छुटेर रोकिएका यात्रुलाई जतिसक्दो चाँडो पठाउने तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

“हामीले सबैलाई खबर गरेका थियौँ । कल पनि गरेको थियौँ । धेरै संख्या आउनु पनि भयो । केही छुट्नु भयो । उहाँहरु छुट्नु भएकामा हामीलाई दुःख लागेको छ,” प्रवक्ता पौडेलले भने, “उहाँहरुलाई जतिसक्दो छिटो पठाउनको लागि हामी लागेका छौँ, बेलुका ११ः३० मा हाम्रै फ्लाइट छ । उहाँहरुलाई पठाउँछौँ ।”

तर,  सम्पर्कमा आएका यात्रु उज्ज्वल विक्रम राणाले छुटेका ३१ यात्रुमध्ये कसैलाई पनि परिवर्तित उडान तालिकाबारे सूचना नआएको बताए । उनले एयरलाइन्सको तर्फबाट कुनै फोन तथा मेसेज नआएको बताए ।

प्रवक्ता पौडेलका अनुसार मंसिर ८ गते नै निगमको उडान दुई घण्टा अघि सारिएको थियो । निगम स्रोतका अनुसार मंसिर ६ गते ९ः५० को टिकट उपलब्ध गराइदिन परराष्ट्र मन्त्रालयबाट पत्राचार आएको थियो । त्यसपछि सोहीअनुसार नै ११ः३० को फ्याइट ९ः३० मा सारिएको थियो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री दुबई गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com