काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई लोकतान्त्रिक पार्टी घोषणा गरेको छ । स्थापनादेखि अहिलेसम्म कुन विचार लिने भनेर स्पष्ट नभएको रास्वपाले महोत्तरीको गौशाला बैठकबाट विधानको प्रस्तावना पारित गर्दै आफूलाई लोकतान्त्रिक दल घोषणा गरेको हो ।
“राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,” रास्वपाले पारित गरेको प्रस्तावनामा भनिएको छ, “यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्णलोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।”
उसले लोकल्याणकारी राज्यको लागि सार्वजनिक, निजी र सामुदायिक स्रोतको दिगो परिचालनमार्फत सामाजिक बजार अर्थतन्त्रमार्फत रोजगार वृद्धिको लक्ष्य सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्