ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?


एबीसी न्यूज

काठमाडौं, १३ मंसिर । संयुक्त राष्ट्रसंघीय वातावरणीय सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स यूएई भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमण दलको अन्तिम टुङ्गो लागेको छ।

यूइएको दुबईमा १४–१६ मंसिरमा हुने राष्ट्रसंघीय वातावरणसम्बन्धी सम्मेलन कोप–२८० मा मन्त्रिपरिषद्बाट प्रधानमन्त्री प्रचण्ड र वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो सहभागी हुनेछन्।

भ्रमण दलका अन्य सदस्यमा प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एकनारायण अर्याल, वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरेल, अर्थसचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्रीका निजी सचिव रमेश मल्ल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल, चिफ अफ प्रोटोकल दीलिपकुमार पौडेल, प्रधानमन्त्रीका वातावरण विज्ञ डा।पपुलर जेन्टल, प्रोटोकल अफिसर प्रविन भट्टराई छन्।

यसैगरी सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डीएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापा पनि भ्रमण दलमा समावेश गरिएका छन्।

तीन जना सरकारी सञ्चारकर्मीलाई पनि भ्रमण दलमा राखिएको छ। तिनमा नेपाल टेलिभिजनका सम्पादक शालिग्राम सुवेदी, भिडिओग्राफर नवराज दाहाल र राष्ट्रिय समाचार समितिका फोटोग्राफर प्रदीपराज वन्त छन्।

अबुधावीस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहितका अधिकारी पनि भ्रमण दलमा राखिएका छन्। तिनमा उपनियोग प्रमुख विशाल भट्टराई, श्रम हेर्ने कन्सुलर दीनबन्धु सुवेदी, द्वितीय सचिव तीलबहादुर सुनार, द्वितीय सचिव भूपेन्द्र घिमिरे, श्रम सहचारी अविद अन्सारी, तृतीय सचिव डिल्लीराम शर्मा र लेखातर्फका तृतीय सचिव विकास भट्टराई छन्।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका उद्योगी(व्यवसायी पनि भ्रमण दलमा छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com