ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस–युक्रेन युद्धमा ३ नेपाली मारिएको पुष्टि


एबीसी न्यूज

काठमाडौं, १३ मंसिर । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो ।

ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार–५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ–६ सुनापती टोलका राज कुमार रोका र इलाम–५ इलामका गंगाराज मोक्तान छन् । उनीहरु तीनै जना रुसी सेनामा कार्यरत थिए ।

मस्कोस्थित नेपाली दूतावासले मंसिर ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेर उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरेपछि मात्र रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको खुलेको हो ।

उक्त पत्रमा रुसी सेनाका अधिकारीले टेलिग्राममार्फत् तीन जना नेपालीहरुको मेडिकल डेथ सर्टिफिकेट मस्कोस्थित नेपाली दूतावासलाई प्राप्त भएको व्यहोरा उल्लेख छ । तर उनीहरु कुन स्थानमा र कसरी मारिए भन्ने उल्लेख छैन ।

यी तीन नेपालीहरुको मृत्यु हुनुअघि गोरखाका थपलिया थरका अर्का एक नेपालीको पनि गत असारमै मृत्यु भएको मिडिया रिपोर्ट सार्वजनिक भइरहेका छन् । असार २९ गते मृत्यु भएका भनिएका गोरखाका थपलिया र कात्तिक २९ गते मृत्यु भएका थप तीन जना गरी चारै जनाको विवरण दूतावासले आजसम्म सार्वजनिक गरेको छैन ।

गत असारमा मृत्यु भएका गोरखाका व्यक्तिको शव नेपाल पठाउन नमिल्ने भन्दै रुसमै समाधिस्थ गरिएको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहे पनि सरकारी निकायबाट त्यसको पुष्टि हुन सकेको छैन ।

गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि त्यसबारे प्रशासनलाई जानकारी नभएको बताए । ‘अहिलेसम्म त्यस्तो जानकारी छैन, त्यसको पुष्टि भएपछि मात्र भन्नसक्छु,’ उनले भने । रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको अपुष्ट सूचना प्राप्त हुनासाथ  मस्कोस्थित नेपाली दूतावासलाई राखेको जिज्ञासाको जवाफ पनि दूतावासले दिएको छैन ।

रुसका लागि नेपाली राजदूत मिलन तुलाधर र दूतावासको वेबसाइटमा राखिएका कर्मचारीहरुको सम्पर्क नम्बरमा सम्पर्क गर्दा पनि सम्पर्क स्थापित हुन नसकेपछि दूतावासका दुईवटै इमेल ठेगानामा इमेल पठाएर जिज्ञासा राखिएको थियो ।

नेपालको सेना भर्तीसम्बन्धी सम्झौता भारत र बेलायतसँग मात्र भएकाले रुसी सेनामा भर्ती हुन नीतिगत र कानुनी रुपमा मिल्दैन । यद्यपि अध्ययन वा घुम्ने सिलसिलामा रुस पुगेकाहरु त्यहाँको सेनामा भर्ती भएको पाइएको छ । ‘रुसी सेनामा गोर्खाली’ लेखिएका भिडिओहरु सामाजिक सन्जालमा पनि देखिन्छन् ।

यद्यपि रुसी सेनामा नेपालीहरुको संख्या एकिन हुन सकेको छैन । यस विषयमा परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासले पनि अनभिज्ञता प्रकट गरेका छन् । युक्रेनसँगको लडाइँमा रुसले भाडाका सैनिक वाग्नर समूहलाई खटाउने गरेको छ । युक्रेनसँगको लडाइँ सुरु भएपछि रुसले आकर्षक तलब सुविधा पाइने भन्दै भर्ना हुन आह्वान सहितको प्रचार सामग्री बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com