काठमाडौं, १२ कातिक । नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस आज सकिएको छ ।
उनीहरूको बहस सकिएसँगै अब सरकारी वकिलले बहस गर्ने छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ उच्च अदालत पाटनमा गत सातादेखि जारी छ ।
बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबार अभियुक्तका वकिलले जवाफी बहस गर्ने छन् । उच्च अदालत पाटनका श्रेस्तेदार ठगिन्द्र कट्टेलका अनुसार शुक्रबार मात्र फैसला आउने सम्भावना छ ।
भोलिदेखि सरकारी वकिलका तर्फबाट बहस हुने छ । सरकारी वकिलको बहस सकिएपछि निवेदक (प्रतिवादी) का कानुन व्यवसायीले जवाफी बहस गर्ने छन् । त्यसपछि भने पुनरावेदन निवेदनमा उच्च अदालतको फैसला आउने छ ।
प्रतिक्रिया दिनुहोस्