ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बनेर सक्रिय राजनीति गर्न योगेश भट्टराईको सुझाव


एबीसी न्यूज

काठमाडौं, १० मंसिर । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को अध्यक्ष बन्न सुझाव दिएका छन्।

गृहजिल्ला ताप्लेजुङमा आइतबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राजेन्द्र लिङ्देनलाई राप्रपाको महामन्त्री बनाएर आफू अध्यक्ष बन्न सुझाव दिएका हुन्।

राजनीतिक अधिकार चाहिएको हो भने जस्केलाबाट छिर्ने कोसिस नगरी मूल ढोकाबाटै सक्रिय राजनितीमा आउन चुनौती दिँदै भट्टराईले भने, ‘राजेन्द्र लिङ्देनजीलाई महामन्त्री बनाएर ज्ञानेन्द्र शाह अध्यक्ष बने पनि भो त्यो पार्टी राप्रपा को।’

पूर्वराजा ज्ञानेन्द्र हिजो शनिबार मात्र झापामा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

पूर्वराजाको छेवैमा लिङ्देन, बिदा गर्दै भने– गणतन्त्रको जग हल्लियो, ढल्न बाँकी छ

धार्मिक सहिष्णुता बिथोल्न, अराजकता मच्चाउन तथा राजनीतिक अस्थितरता निम्त्याउने काम नगर्न एमाले भट्टराई सचिवले पूर्वराजा शाहलाई चेतावनी दिएका छन्।

ज्ञानेन्द्र शाहका गतिविधिप्रति सरकारले जवाफ दिनुपर्ने भट्टराईको भनाइ छ।

‘ज्ञानेन्द्र शाहले गरेको गतिविधिप्रति सरकारको धारणा के हो, तथाकथित दुर्गा प्रसाईंलाई उचालेर काठमाडौँमा गरेको प्रदर्शनप्रति सरकारको धारणा के हो’, भट्टराईले भने, ‘राजतन्त्र फर्काउँछु भन्नेहरूप्रति सरकार के भन्छरु गणतन्त्र अन्त्य गर्छु भन्नेहरूप्रति प्रधानमन्त्रीज्यू के भन्नुहुन्छ हामी सरकारलाई सोधिरहेका छौँ।’

एमाले जिल्ला कमिटीले आइतबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने क्रममा एमाले सचिव भट्टराई गृहजिल्ला ताप्लेजुङ पुगेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com