हेटौडा, २९ माघ । प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले शपथ लिनु भएको छ । यो सगै नेपालले औपचारिक रुपमा पहिलो मुख्यमन्त्रीका रुपमा पौडेललाई पाएको छ । उहाले अहिले केहीबेरमा पदभार ग्रहण गर्दै हुनुहुन्छ । संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने उहा पहिलो व्यक्ति हुनुहुन्छ ।
प्रदेश प्रमुखको कार्यलयमा आयोजित विशेष समारोहका विच उहालाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ खुवाउनु भयो । शपथ ग्रहणमा सभामुख सानुकुमार श्रेष्ठको पनि उपस्थिति थियो । पौडेल २०४९ र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयर थिए।
उनीसँग नेपाल नगरपालिका संघमा १५ वर्ष अध्यक्ष भएर काम गरेको अनुभव पनि छ। संविधान जारी भएपछि गठित स्थानीय तह पुनर्संरचना आयोगमा उनी सदस्य थिए।
प्रतिक्रिया दिनुहोस्