ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेश बस्नेतले- लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन


एबीसी न्यूज

काठमाडौं, ७ मंसिर । एमालेका पोलिटब्यरो सदस्य महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताएका छन् । एमाले भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै बस्नेतले अहिले धेरै अराजनीतिक तत्वहरू फेरि राजा बनाउँछु भन्दै हिँडेको र यो एमालेलाई सह्य नहुने बताए ।

लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन स् बस्नेत
उनले विरोध प्रदर्शन दुर्गा प्रसाईंविरूद्ध नभएको स्पष्ट पारे । प्रसाईंलाई अराजकतावादीको संज्ञा दिँदै यो विरोधलाई प्रसाईंसँगको आन्दोलनलाई जोड्न नहुने बताए । उनले भने, हामीले महँगी, भ्रष्टाचार, अनियमितता र जनताको सरोकारका मुद्दाको आवाज उठाउनको लागि विरोध प्रदर्शन गरेका हौं,

उनले अगाडि भने, यो विरोध प्रदर्शन तस्करीविरुद्धको हो, उत्पीडनमा रहेका नेपालीको पक्षका लागि हो । यस्तै हिंसामा परेका महिलाहरूको न्यायको लागि हो । गरिब जनताको लागि हो । सकारात्मक ऊर्जाको लागि हो ।

नेता बस्नेतले सरकारको ध्यान तान्नको लागि विरोध गरिएको र यसलाई बेवास्ता गरिए सरकारले लगाएको निषेधाज्ञा क्षेत्र तोड्न बाध्य हुने चेतावनी दिए । उनले भने, म सरकारलाई, अझ विशेष प्रचण्डलाई भन्न चाहन्छु । हामीलाई निषेधाज्ञा तोड्न बाध्य नपारियोस् ।

उनले अहिलेको सरकारको आयु छोटो रहेको बताउँदै भने, यो सरकारको आयु छोटो छ । छोटो आयु भएको मानिस उखरमाउलो हुन्छ भन्छन् । त्यसैले प्रचण्डको सरकार उखरमाउलो भइरहेको छ । यिनीहरु सबैका लागि खतरा हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com