ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डसँग फेरि सहकार्यका लागि तयार भए बाबुराम, पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमत


abc

काठमाडौं, ५ मंसिर । नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा। बाबुराम भट्टराईको माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । सोमबार राति भट्टराई निवास टोखामा चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका हुन् ।

बैठकमा अध्यक्ष भट्टराईसहित अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी थिए । सोमबार बसेको पार्टी एकता वार्ता समितिले शीर्ष नेताहरूकै नेतृत्वमा संयोजन समिति बनाउन सुझाव दिएको थियो ।

टोखामा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले माओवादीसँग एकता गर्ने सहमति जुटेको महासचिव रमेश यादवले बताए ।

उनले भने, माओवादीसँग एकता गर्न हामीबीच सहमति भएको छ । अब हामीले पार्टी अध्यक्षकै नेतृत्वमा समायोजन समिति बनाउँछौं । उहाँहरूको तर्फबाट पनि पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा समिति बनाउनुपर्छ भनेका छौं । उहाँहरु पनि तयार हुनुहुन्छ ।

उनले समितिका अर्का अध्यक्ष यादव पनि रहने बताए ।

उनले भने, हामीले हिजो गरेको निर्णय कार्यान्वयनका लागि अहिले पदाधिकारी बैठक बस्दैछौं । थप निर्णय भोलिबाट बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्छ ।

वृहत् समाजवादी मोर्चा बनाउने अभियानकै क्रममा माओवादीसँग एकता गर्न लागेको उनले सुनाए । एकतापछि पार्टीको नाम नेकपा समाजवादी राख्ने लगभग दुवै पार्टीबीच सहमति भइसकेको उनले दाबी गरे ।

वार्ता समितिमा माओवादीले पार्टीको नाम परिवर्तन गर्न तयार भएको छ । अध्यक्ष भट्टराई माओवादीसँग एकताको लागि सकारात्मक नभएपछि अर्का अध्यक्ष यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू तत्काल माओवादीसँग एकता गरेर अघि बढ्नुपर्ने पक्षमा उभिएपछि दबाबमा परेर पार्टी विभाजन हुनबाट रोक्न सहमति जनाएको हुन् ।

२०७२ सालमा माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न राजी भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१ हजार तीन सय रुपैयाँले घट्यो सुनको भाउ

नेप्सेमा १११ अंकको वृद्धिसँगै आजलाई कारोबार बन्द

सम्बन्धित

आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

नेप्सेमा १११ अंकको वृद्धिसँगै आजलाई कारोबार बन्द

सुन ल्याएको आरोपमा २ विदेशी पक्राउ, साढे ६ किलो सुन बरामदको दाबी

धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सिमकोटमा हिमपातले जनजीवन प्रभावित

चितवनमा गाडीको ठक्करबाट २ जनाको मृत्यु, एक जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com