ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईं र युवा संघको प्रदर्शन – सुरक्षा व्यवस्थापनमा प्रहरीसँगै सेना पनि खटिने


एबीसी न्यूज

काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ७ मंसिरदेखि काठमाडौंबाट राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति नागरिक बचाउ महाअभियान घोषणा गर्ने बताउँदै आएका छन् । एक महिनादेखि नै त्यसको तयारीमा लागेका प्रसाईंले तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

आइतबार महाअभियान नेपालको तर्फबाट विज्ञप्ति जारी गर्दै उनले ७ मंसिरको दिन आफ्नो महाअभियानमा अन्य समूहबाट हुनसक्ने सम्भावित मानवअधिकार उल्लंघनका गतिविधि प्रत्यक्ष निगरानी गरिदिन अनुरोध गरेका छन् ।

महाअभियानअन्तर्गत ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली सुरु गरेर माइतीघर मण्डलामा कोणसभा गर्ने प्रसाईंको तयारी छ । तर, ७ मंसिरमै नेकपा एमालेनिकट युवासंघले समेत माइतीघरमै कार्यक्रम घोषणा गरेपछि युवा संघ र प्रसाईं दुवैको कार्यक्रम रोक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको तयारी छ ।

युवा संघको आन्दोलन एमाले नेता महेश बस्नेतको नेतृत्वमा हुँदै छ । पछिल्लो समय नेता बस्नेत र प्रसाईं सार्वजनिक रुपमै आरोप पत्यारोपमा उत्रिएका छन् । केही समयअघि मात्रै प्रसाईंलाई युवा संघका कार्यकर्ताले मोसो दल्ने प्रयास समेत गरेका थिए । त्यसयता प्रसाईं र बस्नेतबीच झन् तिक्तता बढेको छ ।

चारवटै सुरक्षा निकाय परिचालन

७ मंसिरको कार्यक्रममा दुवै पक्षबीच मुडभेडको अवस्था आउन सक्ने सूचना सुरक्षा संयन्त्रसँग छ । अझ प्रसाईं र बस्नेतले एउटै ठाउँ माइतीघर मण्डलामा प्रदर्शन गर्ने समय तालिका सार्वजनिक गरेपछि मुठभेडको जोखिम बढेको हो ।

यद्यपि, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डला प्रवेशमा रोक लगाउने गरी निषेधाज्ञा लगाउने तयारी गरेको छ । त्यसको लागि सोमबार सुरक्षा संयन्त्रसहित जिल्ला सुरक्षा समितिको बैठक बस्ने तयारी छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले पनि सकेसम्म दुवै समूहलाई वैकल्पिक ठाउँमा कार्यक्रम गराउने भन्नेबारे छलफल भइरहेको बताए । उनका अनुसार मण्डलाबाहेक तीनकुने, चावहिल, माछापोखरी, मूलपानी क्रिकेट मैदान र नक्साल नारायणचौरमध्ये एकठाउँमा गर्न प्रसाईं समूहलाई प्रहरीले सुझाव दिएको छ ।

“दुवै समूहबीच सम्भावित मुठभेड नहोस् भन्ने उद्देश्यले हामी सुरक्षा योजना बनाउँदै छौँ । सकेसम्म दुवै समूहले छुट्टछुट्टै ठाउँमा कार्यक्रम गर्दा त्यो अवस्था आउँदैन भन्ने हाम्रो आकलन हो । यद्यपि, प्रहरीसहित अन्य सुरक्षा निकायसँग पनि छलफल हुँदै छ,” एआईजी थापाले भने ।

७ गतेको कार्यक्रममा प्रसाईं समूहले अहिलेको व्यवस्थाप्रति नै घृणा फैलाउने खालको गतिविधि गर्न सक्ने गृहको विश्लेषण छ । आन्दोलन हिंसात्मक नहोस् भन्ने उद्देश्यले जिल्ला सुरक्षा समितिमार्फत उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक ९डीआईजी०को नेतृत्वमा नेपाली सेनाका कर्णेल, सशस्त्र प्रहरी बलका एसएसपी र राष्ट्रिय अनुसन्धान विभाग अधिकारीसहितको छुट्टै सुरक्षा टोली बन्ने भएको हो ।

त्यसको अन्तिम गृहकार्य भइरहेको एआईजी थापाले जानकारी दिए । राष्ट्र बचाउ अभियानका केन्द्रीय सदस्य अनन्त प्याकुरेलले आन्दोलनमा करिब १० लाख मानिस सडकमा उत्रिने बताए । उनले भने, “हामीले आन्दोलन सुरु गर्ने भनेकै दिन युवा संघले पनि कार्यक्रम गर्ने भन्ने कुरा सुनेका छौँ । उनीहरुले माइतीघर मण्डलामा कार्यक्रम गर्ने भनेर जिल्ला प्रशासनलाई जानकारी गराएका रहेछन् । हामीले आज रत्नपार्कमा गर्न अनुमति मागेका छौँ ।”

प्रशासनले ३ बजेपछि आफूहरुलाई जानकारी दिने प्याकुरेलले बताए । आफ्नो आन्दोलनको मुख्य लक्ष्य नै अहिलेको व्यवस्था परिवर्तनको लागि भएको प्याकुरेलले स्पष्ट पारे । प्रहरी स्रोतले पनि प्रसाईंको कार्यक्रममा राजावादी शक्तिको घुसपैठ हुनसक्ने आशंका गरेको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले आफूहरुको आन्दोलन सरकारको अकर्मण्यता, मूल्यवृद्धि, व्यवस्था विरोधीहरुका विरुद्ध रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com