ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व मुख्यसचिव पौड्यालको संयोजकत्वमा गृह मन्त्रालय सुधार्न समिति गठन


abc

काठमाडौं, ४ मंसिर । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना बनाउन पूर्वमुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयका काम र जिम्मेवारीलाई अझै प्रभावकारी र परिणाममुखी बनाउन उक्त समिति गठन गरिएको जानकारी दिएका हुन्।

अध्ययन समितिमा पूर्वसचिवहरू शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डाक्टर खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा। बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम छन्।

समितिको सदस्य–सचिवको जिम्मेवारी गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई दिइएको जानकारी गराइयो।

गृहमन्त्री श्रेष्ठका अनुसार अध्ययन समितिलाई कार्ययोजना तयार पार्न ३ महिनाको समय दिइएको छ। उक्त अवधिभित्र समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह र राष्ट्रिय परिचय पत्र वितरणलाई अझै प्रभावकारी बनाउन आवश्यक सुझाव दिने कार्यादेश दिइएको उनले जानकारी दिए।

गृहमन्त्री श्रेष्ठले भने, ‘गृह मन्त्रालयको कार्य क्षेत्रको कामलाई अझै प्रभावकारी र परिणाममुखी बनाउन एकीकृत एउटा कार्ययोजना बनाउनुपर्छ। हाम्रा पहिलाका केही सुधारका कार्ययोजना नभएका होइनन्, तर आजको परिप्रेक्ष्यमा नयाँ सुधार कार्ययोजना बनाउने र त्यसलाई दृढतापूर्वक कार्यान्वयनमा लगेर मात्रै अहिले सरकारले भनेको सकारात्मक गुणात्मक हस्तक्षेपद्वारा सुशासन र समृद्धिको अभियानलाई हामीले गुणस्तरीय रूपमा स्थापित गर्नसक्छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व धितो लिलामी असुली गर्नुपर्ने

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?

सम्बन्धित

इजरायली आक्रमणबाट गाजामा १५ हजार मारिए, ३६ हजारभन्दा धेरै घाइते

रास्वपाले घोषणा गर्‍यो आफूलाई लोकतान्त्रिक दल, विधानको प्रस्तावना सार्वजनिक

ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व धितो लिलामी असुली गर्नुपर्ने

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

कोसीको बजेटमा मतदानबारे एमाले र राप्रपा छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com