ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारलाई लाठी चाहिन्छ, प्रहरी समायोजन ऐन केही दिनमै ल्याउँछु – प्रधानमन्त्री


एबीसी न्यूज

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संघीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्ने प्रयासमा रहेको बताएका छन् । संघीयता जनताका लागि हितकारी छ भन्ने सावित गर्न तीन वटा ऐन तत्काल कार्यान्वयनमा ल्याइने उनले घोषणा गरे ।

प्रचण्डका अनुसार प्रहरी समायोजन ऐन, कर्मचारी ऐन र शिक्षा ऐन कार्यान्वयनमा ल्याउने अन्तिम तयारी सरकारले गजरेको छ । आँबुखैरनीमा अस्पताल उद्घाटन समारोहमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।

प्रचण्डले भने, ‘संघीयता देशका लागि हितकारी छ भन्ने सावित गर्न तीनवटा ऐन अलि अपरिहार्य हुन्छ भन्ने सबैले बुझेका छन् । मैले अलि बढी बुझेको छु कि भन्ने दाबी छ मेरो । प्रहरी समायोजन ऐन, कर्मचारी ऐन र शिक्षा ऐन । यी ऐन भए मात्रै प्रदेश सरकार सरकारजस्तो हुन्छ, नत्र हुँदैन ।’

प्रधानमन्त्रीले आफ्नै कार्यकालमा तीनवटै ऐन आउने बताए । प्रहरी समायोजन ऐन बनिसकेको र कार्यान्वयनमा आउन मात्रै बाँकी रहेको उनको भनाइ छ ।

‘म चार दिनदेखि लगातार प्रहरी, गृहमन्त्रालयसँग प्रधानमन्त्री कार्यालयमा छलफलमा छु । केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयन ल्याउँछु । प्रदेश सरकारसँग लाठी चाहिन्छ । लाठी नभइ सरकार हुँदैन । जोसँग सेना छैन पुलिस छैन, ल एन्ड अर्डर कसरी कायम गर्ने रु त्यसैले लाठी हुनेछ । दोस्रो, कर्मचारी हो ।

संघीय निजामति ऐन पनि धेरै मिहिनेत गरेर बनाइएको छ । गठवन्धनभित्र सहमति भएको छ । क्याबिनेटबाट पास भएको छ । सदनभित्र लगेर पारित गर्ने कुरा हो । संघीय शिक्षा ऐन सदनमा पुगिसकेको छ । समितिमा छलफल भएको छ । परिमार्जन सहित पारित हुन्छ । तीन वटा ऐन टुंगिएर प्रदेश सरकार शक्तिशाली हुनासाथ जनताले सिंहदबार घरदैलोमा आएको महसुस गर्नेछन्’, प्रचण्डले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com