काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आगामी मङ्सिर ४ गते बृहत् बैठक आह्वान गरेका छन् । आइतबार तनहुँको आँबु खैरीनीमा पार्टी प्रवेश कार्यक्रममा उनले बैठक बोलाइएको जानकारी दिए ।
उनले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको बताए । उनले त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने बताए । सोही बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याउने दाबी उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्