ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकटकमाथि पूर्ण प्रतिबन्ध – इरान, सोमालिया, नेपालसहित ६ देश


एबीसी न्यूज

काठमाडौं, १ मंसिर । सरकारले गत सोमबारदेखि टिकटक सञ्चालनमा पूर्ण प्रतिबन्ध गरेको छ । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको भन्दै तत्कालका लागि बन्द गर्ने निर्णय सरकारले गरेको थियो । नेपालमा जसरी टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने देशको संख्या भने निकै न्यून छ । टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने देशमध्येमा नेपाल, भारत, अफगानिस्तान, इरान, किर्गिस्तान र सोमालिया रहेका छन् ।

नियमन गर्न छोडेर सरकारले किन बन्द गर्‍यो टिकटक  ?

भारतले भने सन् २०१९ मै भूराजनीतिक तनावका कारण पब्जी, टिकटकलगायत ५० भन्दा बढी चिनियाँ एप प्रतिबन्ध गरेको थियो । अफगानिस्तानमा तालिबान सरकार आएपछि उनीहरूले सन् २०२२ को अप्रिलमा टिकटक प्रतिबन्ध गरेका थिए । इरान सरकारले टिकटक आफ्नो देशमा प्रचलित कानुनविपरीत भएको भन्दै गत मेमा प्रतिबन्ध गरेको थियो ।

किर्गिजस्तानले बालबालिकाको मानसिक विकास र समग्र विकासमा प्लेटफर्मले असर पारेको भन्दै गत अगस्ट ३० मा टिकटक बन्द गरेको थियो । सोमालियाले पनि गत अगस्टमै टिकटक, टेलिग्राम, वानएक्सबेट लगायतका एपमाथि प्रतिबन्ध लगाएको थियो ।

नेपाललाई टिकटकको पत्र– प्रतिबन्धको कारण खुलाऊ, माग सम्बोधन गर्छौं

अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, नर्वे, बेल्जियमलगायत अन्य युरोपेली देशहरूले भने खासगरी सरकारी उपकरण र सरकारी अधिकारीले प्रयोग गर्ने उपकरणहरूमा मात्रै टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् ।

यी देशमा छ टिकटक प्रतिबन्ध, सर्वसाधारणका लागि बन्द गर्ने थोरै

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

सम्बन्धित

एमालेबाट विघटित संसदीय दलको बैठक आह्वान

मुख्यमन्त्री नियुक्ति विवाद: पार्टीभित्रैबाट आलोचना, तोडफोड र वैधानिकतामाथि प्रश्न

रास्वपाको विस्तारित बैठक चतवनको सौराहामा

प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com