ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा अनलाइन ठगी बढ्दै, हप्तामै ठगिए १८५ जना, गुमाए १०० मिलियन डलर


एबीसी न्यूज

काठमाडौं, १ मंसिर । लगानी विशेषज्ञहरूको सुझावको आधारमा छनोट भएको दावी गरिएको ‘स्टक’ किन्दा हङकङमा १८५ जना ठगिएका छन्।

एक हप्ताको समयावधिमा ठगिएका उनीहरूले १०० मिलियन हङकङ डलरभन्दा बढी गुमाएको प्रहरीले बताएको छ।

गत महिना पनि यही प्रकृतिको ठगीमा ११० जना ठगिएपछि प्रहरीले सर्वसाधारण सतर्क रहन सूचित गरेको थियो।

ठगी बढ्दै गएपछि प्रहरीले आफ्नो साइबरडिफेन्डर फेसबुक पेजमा सूचना जारी गर्दै सतर्क रहन पटक–पटक आग्रह गरेको छ।

घटनाबाट पीडित स्रोतले स्थानीय अखबारलाई दिएको जानकारी अनुसार ठगी समूहले पीडितहरूलाई ह्वाट्सएप लगायतका सामाजिक मिडिया प्लेटफर्ममा समूहमा सामेल गराई स्टक किन्नको लागि प्रोत्साहित गरेका थिए।

स्टक किन्नको लागि ट्रेडिङ वेबसाइट र एप डाउनलोड गर्न प्रलोभन देखाइएको थियो, जुन वेबसाइट र एप नक्कली थिए।

पीडितले बोगस प्लेटफर्ममार्फत लगानी गरेका थिए तर रकम फिर्ता लिन खोज्दा ठगहरूले अकाउन्ट ब्लक गरिसकेका थिए।

त्यस्तै अर्का एक पीडितले ‘टु बी फ्लोरिसिङ’ नामक मेसेजिङ ग्रुपमा सामेल भएर १।२ मिलियन हङकङ डलर गुमाएका छन्।

प्रहरीले बताएअनुसार उनलाई स्टकमा लगानी गर्न नक्कली ट्रेडिङ एप डाउनलोड गर्न लगाइएको थियो।

त्यसपछि १० वटा लेनदेनमार्फत हङकङका विभिन्न बैंक खातामा पैसा ट्रान्सफर गर्न लगाइएको थियो। पछि रकम झिक्न खोज्दा नमिलेपछि आफू ठगिएका महसूस गरेका थिए।

ठगीका घटना बढ्दै गएपछि कुनै पनि लगानी गर्नुअघि स्क्यामिटर ९क्अबmभतभच० खोज इन्जिनमा जाँच गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

साइबरडिफेन्डर वेबसाइट र एपमार्फत पहुँचयोग्य स्क्यामिटरले शंकास्पद वेब ठेगाना, इमेल, प्लेटफर्म प्रयोगकर्ताको नाम, बैंक खाता, मोबाइल नम्बर, आईपी ठेगाना आदि पहिचान गर्न मद्दत गर्ने प्रहरीले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com