ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र अमेरिकाले संयुक्त जलवायु कार्यदल गठन गर्ने


एबीसी न्यूज

काठमाडौं, २९ कात्तिक । बेइजिङ, यसै महिना हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएको दुवै मुलुकले बुधबार बताएका छन् ।

चिनियाँ सरकारी मिडियामा प्रकाशित तथा अमेरिकी विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै सरकारले ऊर्जा संक्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्तरसहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसले दुवै मुलुकलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र सहयोगमा संलग्न भएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

नोभेम्बर ४ देखि ७ सम्म क्यालिफोर्नियाको सन्निल्यान्ड्स रिट्रिटमा अमेरिकी र चिनियाँ जलवायु दूतहरू जोन केरी र झि झेनहुवाबीच भएको कुराकानीपछि उक्त विज्ञप्ति आएको हो ।

“दुवै पक्ष मानव जातिको वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीमध्येको एकको सामना गर्नका लागि एकसाथ र अन्य पक्षहरूसँग मिलेर काम गर्न सहमत भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “तिनीहरूले ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः सुरु गर्ने वाचा गरेका छन् र ऊर्जा–बचत र कार्बन घटाउने समाधानबारे नीतिगत आदानप्रदानलाई गहिरो बनाएका छन् ।”

बेइजिङले गत साता आफ्नो ग्यास उत्सर्जन नियन्त्रण गर्न एउटा योजना सुरु गरेको छ तर उक्त योजनाले कार्बन उत्सर्जन घटाउने कुनै विशेष लक्ष्य प्रस्ताव गरेको छैन ।

यद्यपि, आफ्नो संयुक्त विज्ञप्तिमा दुवै पक्ष उनीहरूको २०३५ उत्सर्जन कटौती योजनामा समावेश गर्नका लागि ‘आफ्ना सम्बन्धित मिथेन न्यूनीकरण कार्यरलक्ष्यहरू विकास गर्न’ सहमत भएको उल्लेख छ ।

कोप२८ शिखर सम्मेलनका लागि दुवै मुलुकबीच यसै महिनाको अन्त्यमा दुबईमा भेट हुँदैछ । बढ्दो तापक्रम र सन् २०२३ मानव इतिहासमा अहिलेसम्मको सबैभन्दा तातो वर्ष बन्ने आशंकासँगै वैज्ञानिकहरूले पृथ्वीलाई तातो बनाउने हरित गृह ग्यास प्रदूषणमाथि अङ्कुश लगाउनका लागि विश्वका नेताहरूमाथि यति दबाब कहिल्यै नभएको बताएका छन् । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com