ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसरी बन्द हुन्छ टिकटक, दूरसञ्चार प्राधिकरणले बढायो प्रक्रिया


एबीसी न्यूज

काठमाडौं, २७ कात्तिक । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मन्त्रालयबाट भर्खरै पत्र पाएको र प्रक्रिया अघि बढेको बताएका छन् ।

“क्याबिनेटको निर्णयअनुसार प्रयोगमा रोक लगाउन भनेर सञ्चार मन्त्रालयबाट पत्र आएको छ, उनले भने, “हामीले इन्टरनेट सेवा प्रदायकलाई यसका लागि पत्राचार गरिरहेका छौं ।”

नेपालमा एप र वेबसाइट वेब गरी दुई माध्यमबाट टिकटक चल्ने गरेको छ । प्राधिकरणका अध्यक्ष खनालले यी दुवै माध्यम बन्द हुने बताए ।

“नेपालमा दुईवटा वेब भर्सन र एप भर्सन दुवैमा हामी रोक लगाउँछौँ । इन्टरनेट सेवा प्रदायक आईएसपी र टेलिकम अपरेटरहरुलाई यसमा पहुँच रोक्न लगाउँछौँ,” उनले भने । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गर्न लागेको र तत्कालैदेखि टिकटक बन्द हुने उनले बताए ।

सेवा प्रदायकहरुले वेबसाइट र एपमा पहुँच रोक गरेसँगै टिकटकको एप र वेब दुवै खुल्ने छैनन् । नेपालमा लाखौँको संख्यामा टिकटकका प्रयोगकर्ताहरु रहेका छन् । अमेरिका, क्यानडा, बेलायतलगायत देशमा सरकारी उपकरणहरुमा टिकटकको प्रयोग प्रतिबन्ध छ ।

भारतमा भने टिकटक पूर्णरुपमा प्रतिबन्धित छ । टिकटक बन्द गर्ने सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा धेरैले सहमति व्यक्त गरेका छन् भने आलोचना गर्ने पनि उत्तिकै रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com