काठमाडौं, २४ कात्तिक । चालु आर्थिक वर्षको तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति ५।३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा १२ अर्ब ३३ करोड पुगेको हो ।
आर्थिक वर्ष २०८०र०८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२।४ महिनाको वस्तु आयात र १०।३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्