काठमाडौं, २४ कात्तिक । भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्।
उनलाई केही दिनअघि रथीमा बढुवाका लागि सिफारिस गरिएको थियो।
तर, उमेर विवादका कारण उनले बिहीबार बेलुका प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएको स्रोतले नेपालखबरलाई बताएको छ।
पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो।
प्रधानसेनापति शर्मा नेतृत्वको बढुवा समितिबाट सिफारिस भए पनि उनको फाइल जंगी अड्डाबाट अघि बढेको थिएन।
‘छानबिन समिति बनेपछि उहाँले हिजो बेलुका प्रधानसेनापति समक्ष राजीनामा बुझाउनु भएछ’ स्रोतले नेपालखबरसँग भन्यो।
प्रतिक्रिया दिनुहोस्