ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कर्म यही हो- जनयुद्धबारे प्रचण्ड


एबीसी न्यूज

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कामको संज्ञा दिएका छन् । बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’द्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण कार्यक्रम उनले जनयुद्ध दिवसबारे टीकाटिप्पणी भइहरेको भन्दै त्यसलाई कसैले दबाउन नसक्ने बताए ।

“जनयुद्ध दिवसको निकै ठूलो टीकाटिप्पणी हुने गर्छ । मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्मपछिको ठूलो कर्म नेपाली जनताले अघि ल्याएको भनेको यही नै हो,” उनले भने, “त्यसको अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ ।”

उनले प्रधानमन्त्री भएपछि आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेकोमा गर्व लागेको पनि बताए ।

“मैले प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएँ,” उनले भने, “मानिसहरूलाई प्रचण्डले के गर्‍यो भन्ने लाग्छ । तर, नेपाली इतिहासको ऐतिहासिक परिघटना थियो । जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा माइलस्टोन कोसेढुंगा०को भूमिका खेल्यो ।”

प्रचण्डले शान्ति सम्झौतापछिका प्रधानमन्त्तीले उक्त निर्णय गर्न नसकेको र आफूले आँट गरेको बताए । “शान्ति सम्झौतापछि धेरै प्रधानमन्त्री भए । कसैले गरेनन् । मैले आँट गरेँ,” प्रधानमन्त्रीले भने ।

उनले पुनको पुस्तकमा जनयुद्धका बेलाका घटनालाई घुमाएर प्रस्तुत गरेको भए राम्रो हुने बताए ।

“त्यतिबेलाका घटनाक्रम अलिकति घुमाएर भनेको भए हुन्थ्यो जस्तो लागेको हो,” उनले भने, “उहाँको सोझोपनले जस्ताको तस्तै राख्नुभयो ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com