ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट दुखेको उपचार गर्न गएकी महिलाको पाठेघर झिकेर फाल्दा मृत्यु, क्लिनिक सञ्चालक पक्राउ


एबीसी न्यूज

काठमाडौं, २२ कात्तिक । रौटहट गरुडाको एक क्लिनिकले अनधिकृत रुपमा पाठेघरको अप्रेसन गर्दा एक महिलाको मृत्यु भएको छ।

पेट दुखेर उपचारको लागि पुगेकी महिलाको अप्रेसनको क्रममा मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न क्लिनिकका एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ।

रौटहटको चन्द्रपुर नगरपालिका(७ मुस्लिम टोल बस्ने शेख इदरहिमकी पत्नी ३० वर्षीया नुरजहान खातुन पेट दुखेपछि उपचारको लागि यही कात्तिक २० गते गरुडा( ८ स्थित इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिमा पुगेकी थिइन्।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम खनालका अनुसार सोमबार बिहान ११ बजे क्लिनिकमा पुगेकी खातुनलाई स्वास्थ्यकर्मीले सोही दिन दिउँसो २ बजे पाठेघर झिकेर फालिदिएपछि उनको मृत्यु भएको हो।

‘पाठेघर झिकेर फालेपछि खातुनको अवस्था चिन्ताजनक भएछ,’ डीएसपी खनालले नेपालखबरसँग भने, ‘त्यसपछि सोमबार साँझ स्वास्थ्यकर्मीले ती महिलालाई वीरगञ्ज रेफर गरेछन्। वीरगञ्जको मेट्रोसिटी हस्पिटल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।’

दक्ष चिकित्सकबिनै सञ्चालनमा रहेको क्लिनिककले अनधिकृत रुपमा पाठेघरको अप्रेसन गरेको पाइएको डीएसपी खनालले बताए।

‘क्लिनिकमा एमबीबीएस डाक्टरसमेत छैनन्। भिडिओ एक्स रे, आईसीयू लगायत कुनै पनि उपकरण र सुविधासमेत त्यहाँ रहेनछ। एचएको भरमा चलेको क्लिनिकमा जटिल खालको अप्रेसन गरेको पाइयो,’ डीएसपी खनालले भने, ‘हामीले उपचारमा संलग्न क्लिनिकका एचए चन्द्रदेव महरालाई पक्राउ गरेका छौँ। क्लिनिक सञ्चालकसहित बाँकी स्वास्थ्यकर्मी फरार छन्। उनीहरुको खोजी भइरहेको छ।’

अप्रेसन गर्नुअघि बिरामीसँग क्लिनिकले अग्रिम २० हजार रुपैयाँ भुक्तानी लिएको पाइएको प्रहरीले जनाएको छ।

खनालका अनुसार अप्रेसनको क्रममा महिलाको रक्तस्राव भएर स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि हतारहतार एचए महराले महिलालाई वीरगञ्ज रेफर गरेका थिए। त्यसपछि उनी क्लिनिक बन्द गरेर फररा भएको पाइएको खनालले बताए।

‘पीडित पक्षले शव ल्याएर क्लिनिक अगाडि प्रदर्शन सुरु गरेपछि मात्रै हामीलाई जानकारी आएको हो,’ खनालले भने, ‘हामी पुग्दा क्लिनिक बन्द थियो। सुराकीको आधारमा हामीले एचए महरालाई पक्राउ गरेका हौँ।’

महिलाको शव पोष्ट मार्टमको लागि प्रहरीले काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएको छ। गम्भीर प्रकृतिको घटना भएकाले शव परीक्षणको लागि काठमाडौँ पठाइएको डीएसपी खनालले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com