ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा पटक–पटक समस्या, मर्कामा सेवाग्राही


एबीसी न्यूज

काठमाडौं, २१ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअतर्गत वैदेशिक रोजगार विभागको प्रणाली बलियो नहुँदा अनलाइनबाट प्रदान भइरहेका सेवामा समस्या आइरहेको पाइएको छ ।विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले प्रणालीमा समस्या आउने गरेको स्वीकारेको छ ।

वैदेशिक रोजगार विभागले अनलाइनबाट श्रम स्वीकृति लिने, मेडिकल रिपोर्ट लिने र ओरिएन्टेसनलगायत व्यवस्था मिलाएको छ । यसको कार्यान्वयन वैदेशिक रोजगार कार्यालयले गरिरहेको छ ।

यो प्रणालीमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति दिने काम रोकिएपछि सेवाग्राहीहरू समस्यामा परेका हुन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले प्रणाली पुरानो भएकाले अहिले चाप बढ्दा समस्या आउने गरेको बताए ।

“२०६४र०६५ सालतिर बनाएको प्रणाली हो । अहिले विदेशिनेको संख्या बढ्यो, सेवाग्राही बढे । प्रणालीमा चाप बढेका कारण समस्या आउने गरेको छ,” विभागका महानिर्देशक दाहालले भने ।

उनले अब नयाँ सिस्टम बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । अहिले पनि काम ठप्पै नभएको तर कहिलेकाहीँ काम रोकिने समस्या आउने गरेको र समाधान भइरहेको उनले बताए ।

केही सेवाग्राहीले समयमै श्रम स्वीकृति नपाउँदा विदेशको टिकट नै रद्द गर्नुपर्ने स्थिति आएको गुनासो गरेका छन् ।

विभागले भने श्रम स्वीकृतिका लागि दैनिक तोकिएको कोटा पूरा भइरहेको बताउँदै टिकट नै रद्द गर्ने स्थिति आएको नहुन सक्ने बताएको छ ।

बरु श्रम स्वीकृति नलिई पहिले नै आफैँ टिकट काट्ने काम प्रक्रियागत नभएको विभागको एक अधिकारीको भनाइ छ ।

वैदेशिक रोजगार कार्यालयका निर्देशक एवं सूचना अधिकारी मेघनाथ अधिकारीले पनि सिस्टममा समस्या आउने गरेको स्वीकारेका छन् । बेलाबेला विभागले सिस्टम सम्भार गर्ने र अपडेट गर्ने काम गर्ने गरेको उनको भनाइ छ ।

सफ्टवेयरको सबै ह्यान्डलिङ विभागले गर्ने र कार्यालयले कार्यान्वयन मात्रै गर्ने उनले बताए । उनले पनि विदेश जानेले श्रम स्विकृति नपाएर वा सिस्टमको समस्याका कारण टिकट नै रद्द गर्नुपर्ने स्थिति नआएको हुन सक्ने बताए ।

रोजगार कार्यालयका निर्देशक अधिकारीले भने, “टिकट क्यान्लिस गर्‍यौँ भन्ने विषयमा एउटा सिस्टम ‘स्लो’ त हो । अर्कोतिर दैनिक वितरण हुने एक हजार ४५० टोकन व्यक्तिगत शाखाबाट प्रत्येक पूरा हुने गरेको छ । हाम्रो जति वटा कोटा छ, त्यो पूरा भएको छ । सिस्टम स्लो भएको हुनाले अलि ढिलाइ भएको हो । कोटा प्रतिदिन १,४५० हो, त्यो पूरा हुने गरेको छ ।”

केही दिनअघि विभागको प्रणालीमा समस्या आएर पूर्णरूपमा बन्द नै भएको र अहिले भने समस्या समाधान भइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com