ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाटन अस्पतालका चिकित्सक आन्दोलनमा


एबीसी न्यूज

काठमाडौं, २१ कात्तिक । डिउटीमा रहेका चिकित्सक र नर्समाथि कुटपिट एवं दुर्व्यवहारको घटनालाई लिएर पाटन अस्पतालका चिकित्सक आन्दोलनमा उत्रिएका छन् । फ्याकल्टी, आवासीय, इन्टर्नसहितका चिकित्सक आन्दोलनमा उत्रँदा मंगलबार अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प भएको छ ।

गएको शनिबारको घटनाका दोषीमाथि कारबाहीको माग गर्दै उनीहरूले अस्पताल प्रांगणमा प्रदर्शन गरेका हुन् । “हामीले सेवा प्रभावित गर्न खोजेका होइनौँ, पटक–पटक हामीमाथि आक्रमण र दोषीलाई कारबाही नभएपछि काममा खटिन नसकेर आन्दोलनमा आएका हौँ,” मेडिसिन विभागमा कार्यरत आवासीय चिकित्सक डा। सञ्जय बरालले  भने ।

शनिबार पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको २० मिनेटको अन्तरालमा मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले डिउटीमा खटिएका चिकित्सकमाथि कुटपिट गरेका थिए ।

 

औषधि दिने क्रममा लापरबाही गरिएको भन्दै आफन्तले दुई आवासीय चिकित्सकको टाउकामा मुक्का प्रहार र धकेलाधकेल गरेको सीसीटीभी फुटेजमा देखिएको छ । सोही क्रममा इन्जेक्सन दिने नर्समाथि पनि मृतकका आफन्तले दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ ।

मृतक क्रमशः ८६ र ६८ वर्षका निमोनियाका बिरामी थिए । ८६ वर्षीया वृद्धाको शव सोही दिन परिवारले बुझेको थियो । ६८ वर्षीय पुरुषको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी रिपोर्ट अध्ययनका क्रममा रहेको पाटन अस्पताल प्रशासनले जानकारी गराएको छ । ती वृद्धको शव समेत परिवारले बुझिसकेको छ ।

उनीहरूका उपचारका क्रममा प्रयोग गरिएको औषधि परीक्षणका निम्ति औषधि व्यवस्था विभागमा पठाइएको अस्पतालले जनाएको छ ।

पाटन अस्पतालमा आइतबार र बिहीबार अरू दिनभन्दा भीड हुने गरेको छ । आइतबार र बिहीबार ओपीडीमा बिरामीको संख्या एक हजार ८०० सम्म पुग्ने गरेको अस्पतालको तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com