ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले जित्यो उपाधि


एबीसी न्यूज
कार्तिक १९, २०८० आईतबार  ३ : २८ बजे

काठमाडौं, १९ कात्तिक । सुपर ओभरमा घरेलु टिम नेपाललाई हराउँदै ओमानले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।

सुपर ओभरमा पहिले ब्याटिङमा आएको ओमानले २१ रनको योगफल खडा गरेको थियो ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्यसहित मैदान उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८४ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा आठ रन रक्षा गर्नुपर्ने थियो । अन्तिम ओभरका लागि कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेलाई बलिङको जिम्मा सुम्पिएका थिए ।

अन्तिम ओभरको पहिलो बलमा सन्दीपले एक रन खर्चिए । दोस्रो ओभरमा सन्दीपले ओमानका आयान खानलाई रोहितबाट क्याच गराए । तेस्रो बलमा सन्दीपले साकिल अहमेदलाई अभिनाश बोहराबाट क्याच गराए ।

चौथो बलमा ओमानले एक रन लियो । पाँचौँ बल चौका हुँदा ओमानलाई अन्तिम बलमा जितका लागि दुई रनको आवश्यकता थियो । तर, अन्तिम बलमा ओमानले दुई रनको प्रयास गरे पनि दोस्रो रनका क्रममा पायाज बट रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

ओमानका ओपनर कश्यप प्रजापतिले ६३ रन बनाए । उनले ५२ बलमा तीन चौका र चार छक्का प्रहार गरे । अकिब इल्यासले ३३, कप्तान जिसान मक्सुदले २६, मोहम्मद नदिमले २४ रन जोडे । यस्तै, आयान खान र मेहरन खानले समान १० रन थपे ।

नेपालका करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, अभिनाश बोहरा, विवेक यादव र गुल्सन झाले एक–एक विकेट लिए ।

त्यसअघि, नेपाली टिमको स्कोरबोर्डमा गुल्सनकुमार झाले ५४ रन जोडे । आक्रामक रुपमा प्रस्तुत भएका गुल्सनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा गुल्सनको यो पहिलो अर्धशतक हो ।

यस्तै, कप्तान रोहितले ३७ बलमा पाँच चौका र दुई छक्कासहित ५२ रन थपे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो पाँचौँ अर्धशतक हो ।

१० ओभरको समाप्तीमा ६०–४ को कठिन अवस्था रहँदा यी दुईले पाँचौँ विकेटका लागि ४२ बलमा ७८ रनको साझेदारी गर्दै नेपालको इनिङलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । ११ ओभरमा ६१ रन जोडेको नेपालले पछिको नौ ओभरमा १२३ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले ३१ रन थपे । अन्त्यमा करण केसीले ६ बलमा एक चौका र दुई छक्कासहित २० रन जोडे ।

ओमानका बिलाल खानले तीन विकेट लिए । अकिब इल्यासले दुई र जिसान मक्सुदले एक विकेट लिए ।

छनोटको फाइनल प्रवेश गरेसँगै यी दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान निश्चित गरिसकेका छन् । फाइनल प्रवेशका क्रममा नेपालले सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० र ओमानले बहराइनलाई हराएको थियो ।

कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी थिए । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

नेपाल समूह ‘ए’मा थियो । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स यूएई, बहराइन, हङकङ र कुवेत थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

अमेरिकाको दृष्टिमा बालेन्द्र शाह सरकार : अवसरभन्दा बढी चुनौती ? (पूर्णपाठ)

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com